Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

ललितपुर – प्रधानमन्त्री एवम् नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) का कुलपति पुष्पकमल दाहालले प्रविधि विकास प्राथमिकतामा नाष्टले उल्लेखनीय भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।

आज यहाँ बसेको नास्टको ३९ औं बैठकमा उहाँले नास्टको विकासका लागि पुरक बजेटमार्फत बजेट वृद्धि गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो । प्रधानमन्त्री दाहालले नाष्टले गर्ने हरेक अनुसन्धान परिणाममुखी हुनुपर्नेमा पनि जोड दिनुभयो ।

बैठकले विगत दुई दशकदेखि वन, वातावरण, वन्यजन्तुको सुरक्षित बासस्थानको व्यवस्था, प्रकृति, सिमसार क्षेत्र तथा जैविक विविधताको क्षेत्रमा योगदान पु¥याएबापत विसं २०७३ को प्रकृति संरक्षण पुरस्कार झापा कन्काईस्थित जामुनबारी सामुदायिक वन उपभोक्ता समूहलाई प्रदान गरिने निर्णय गरेको छ ।

नाष्टद्वारा प्रदान गर्ने उक्त पुरस्कारको राशि रु दुई लाख छ । यसैगरी रु एक लाख राशिको विज्ञान पुरस्कार डा मनोजकुमार यादवलाई प्रदान गर्ने निर्णय भएको छ । पारदर्शी र सुपथ सेमिकन्डक्टर जिङ्क अक्साइडलाई विभिन्न अप्टिकल र इलेक्ट्रोनिक उपकरणमा उपयोग गर्ने जिङ्क अक्साइड अणुको समूहमा म्याग्नेसियम र क्याडमियम मिसाएर आवश्यकता अनुसार विभिन्न रङ्गको लेजर उत्पादन गर्न सकिने कुराको पुष्टि गर्दै पहिलोपटक घनत्व कार्यात्मक सिद्धान्त प्रकाशित गरी योगदान पु¥याएबापत उहाँलाई उक्त पुरस्कार प्रदान गर्न लागिएको नास्टका उपकुलपति प्रा डा. जीवराज पोखरेलले बताउनुभयो ।

त्यस्तै रु एक लाख राशिको प्रविधि पुरस्कार डा सुरेन्द्रलाल श्रेष्ठलाई प्रदान गर्ने छ । डडुवा रोग अवरोधक वर्णशङ्कर गोलभेंडाको उत्कृष्ट जात विकास गरी नेपालको खेती र किसानमैत्री खेतीबालीको अनुसन्धान एवम् विकासमा योगदान पु¥याएबापत उहाँलाई सो पुरस्कार प्रदान गर्न लागिएको हो ।यसैगरीे जनही रु ७५ हजार राशिको विज्ञान तथा प्रविधि युवा पुरस्कार पाँच जनालाई प्रदान गर्ने निर्णय भएको नाष्टले जनाएको छ । उक्त पुरस्कार पाउनेमा पाल्पाका सन्तोष नेपाल, दार्चुलाका डा खेमराज जोशी, झापाका डा सन्तोष दुलाल, सिन्धुपाल्चोकका डा उर्मिला प्याकुरेल र सप्तरीका डा रामदेवी तचामो शाह रहेका छन् ।

त्यस्तै प्रज्ञा प्रतिष्ठान तथा प्रविधि प्रवद्र्धन पुरस्कार दुई जनालाई प्रदान गर्ने भएको छ । जनही रु पचास हजार राशिको उक्त पुरस्कार पाउनेमा महिला स्वास्थ्य स्वयम्सेवीका कार्यक्रम, परिवार स्वास्थ्य महाशाखा नेपाल र ताप्लेजुङ्गका श्री रामचन्द्र अधिकारी छन् ।‘द वल्र्ड एकेडेमी अफ साईन्सेस’ पुरस्कार रसुवाका डा सरस्वती आचार्यले प्राप्त गर्ने भएकी छिन् । उक्त पुरस्कार रु एक लाख नौ हजार (एक हजार डलर) राशीको छ ।

यसैगरी नविल विज्ञान तथा प्रविधि पुरस्कार चार जनाले प्राप्त गर्ने भएका छन् । पुरस्कार पाउनेमा ओखलढुङ्गाका प्रा.डा टङ्कनाथ धमला, मोरङका डा हरिप्रसाद अर्याल, काठमाडौँका प्रा.डा कृष्णदास मानान्धर र ललितपुरका प्रा.डा सिर्जनलाल श्रेष्ठ रहेका छन् । पुरस्कारको राशि जनही रु एकलाख २५ हजार रहेको छ ।

नास्टले प्रदान गर्न लागेको दयानन्द बज्राचार्य अनुसन्धान पुरस्कार दुई जनाले प्राप्त गर्ने छन् । जनही रु पच्चीस हजार रहेको उक्त पुरस्कार पाउनेमा त्रिभुवन विश्वविद्यालय जैविक प्रविधि विज्ञान केन्द्रीय विभागका श्री विमला ढकाल र प्राणीशास्त्र केन्द्रीय विभागका श्री श्यामकुमार पुन रहेका छन् ।

तपाईको प्रतिक्रिया