Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौँ – प्रमुख प्रतिपक्षी नेकपा एमाले निकट अनेरास्ववियुले सरकारले व्यवस्थापिका–संसद्मा दर्ता गराएको संविधान संशोधनको प्रस्ताव अविलम्ब फिर्ता लिन माग गर्दै आज देशभरका सरकारी क्याम्पस अगाडि धर्ना दिएको छ ।

उक्त प्रस्ताव देश र जनताको पक्षमा नरहेकाले त्यसलाई फिर्ता लिन सरकारलाई दबाब दिने उद्देश्यले अनेरास्ववियुले क्याम्पस क्षेत्र वरपरका सडकमा चक्काजाम, विरोध प्रदर्शन तथा सभा समेत गरेको हो । अनेरास्ववियुका सचिव आरसी लामिछानेले सो प्रस्तावले पहाड र तराईका जनताबीचको एकतालाई फुटाउने हुँदा त्यस्तो राष्ट्रघाती गतिविधिको विरुद्ध सबै नागरिकलाई एकताबद्ध गरी अगाडि बढ्ने बताउनुभयो । 11

उहाँका अनुसार संविधान संशोधनको प्रस्तावविरुद्ध रहेका अन्य विद्यार्थी सङ्गठनको आज दिउँसो बैठक बस्दैछ । सरकारले मधेसी मोर्चाको माग सम्बोधन गर्न सीमाकंन, नागरिकता, राष्ट्रिय सभामा समावेशी प्रतिनिधित्व र भाषाको विषयलाई संशोधन गर्न प्रस्ताव दर्ता गराएपछि नेकपा एमाले निकट अनेरास्वविय, युवा सङ्घ लगायत सङ्गठन आन्दोलनमा छन् ।

संविधानअनुसार प्रस्तावित प्रदेश नं ५ का स्थानीय राजनीतिक दल तथा जनताले समेत सो क्षेत्रलाई नटुक्र्याउन माग गरेर विरोध गर्दै आएका छन् । सरकारले त्यस क्षेत्रमा रहेका पहाडी जिल्लालाई प्रदेश नं ४ मा समायोजन गर्ने प्रस्ताव गरेको थियो ।

तपाईको प्रतिक्रिया