Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

हेटौँडा – राष्ट्रिय प्रजातन्त्र पार्टीका राप्रपाका अध्यक्ष कमल थापाले संविधान कार्यान्वयन चुनौतीको बीचमा रहेको अवस्थामा देशमा चुनाव गर्नुपर्ने आवश्यकता रहेकाले स्थानीय निकाय चुनावको मिति घोषणा गर्न सरकारसँग माग गर्नुभएको छ ।

अध्यक्ष थापाले हेटौँडामा आयोजित राप्रपाको संयुक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै विदेशी प्रभावबाट मुक्त गर्न, देशलाई अग्रगति दिन अनुभवी, इमान्दार र सक्षम नेतृत्व दिनुपर्ने समयको आवश्यकतालाई विचार गरी भएको एकीकरणबाट राप्रपालाई वैकल्पिक राष्ट्रवादी शक्ति बनाउने उद्घोष पनि गर्नुभयो । उक्त अवसरमा उहाँले प्रमुख दलले विगत दुई दशकको समयमा सत्ता स्वार्थका लागि विदेशी सहयोग लिने आत्मसमर्पणवादी व्यवहारले देशलाई कमजोर र भ्रष्टाचारको अखडा बनाएको आरोप लगाउनु हुँदै देशको वर्तमान परिस्थितिले जनताको भविष्यप्रति चिन्तित बनाएको बताउनुभयो ।

सो अवसरमा राप्रपाका राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर जबराले काँग्रेस र वामपन्थीले प्रजातन्त्र र अग्रगामीको नाममा देशलाई अवनतितर्फ लगेको हँुदा देशलाई सक्षम नेतृत्वबाट अगाडि बढाउन पार्टी एकीकरण गरेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया