Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं– राष्ट्रिय स्वयम् सेवा अभियान–२०६८ अन्तरगत सफा काठमाडौ हाम्रो काठमाडौं अभियान सिंहदरबारबाट सुरु भएको छ ।
सिंहदरबारमा कार्यरत सम्पूर्ण कर्मचारीहरुले विहान ६ बजे देखि सिंहदरबार भित्र र बाहिरी परिसर सफा गरेका हुन् । सिंहदरबार सरसफाई कार्यक्रमको प्रधानमन्त्री डा. बाबुराम भट्टराईले निरीक्षण गर्नु भएको हो । राष्ट्रिय स्वयम् सेवा अभियान–२०६८ अन्तरगत भोलिबाट एक साता सम्म काठमाडौं महानगरपालिका सरसफाई अभियान सुरु हुन लागेको हो । सिंहदरबार सरसफाई अभियानमा सम्बन्धित मन्त्रालयका मन्त्रीहरु, मुख्य सचिव, सचिव देखि सम्पूर्ण कर्मचारीहरुको उपस्थिति रहेको थियो । सरसफाई कार्यक्रमको अवलोकन गर्दै प्रधानमन्त्री भट्टराईले– सरसफाई अभियान आफ्नो घरबाट सुरु गर्नु पर्ने भन्दै सबै भन्दा पहिले सिंहदरबार सफा गर्न लागेको बताउनु भयो ।
भोलि विहान ७ बजेबाट नयाँ बानेश्वर चोकबाट सुरु हुने काठमाडौ सरसफाई अभियानको प्रधानमन्त्री डा. भट्टराईले उदघाटन गर्न कार्यक्रम छ । एक साताको अभियान प्रत्यक दिन विहान ७ बजे देखि १० बजे सम्म सञ्चालन हुनेछ । उक्त कार्यक्रममा स्वयम् सेवी भावनाले सहभागि हुन प्रधानमन्त्री भट्टराईले आम सर्वसाधारण, नागरिक समाज, पत्रकार, कलाकार, विद्यार्थी एवं सम्पूर्ण राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुलाई आव्हान गर्नुभएको छ । अभियानका निजामति कर्मचारी र प्रहरीको पनि सहभागिता रहने छ ।
तपाईको प्रतिक्रिया