Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

बुटवल – बुटवलमा प्रहरी र प्रदर्शनकारीबीच बिहीबार दिउँसो झडप भएको छ । पाँच नम्बर प्रदेशका पहाडी जिल्ला छुट्याउने गरी सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावको विरोधमा प्रदर्शन गरिरहेका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो ।

अनिश्चितकालीन बन्द घोषणा गरिएको बुटवलमा दिउँसो प्रदर्शनकारीले पुष्पलाल पार्कमा रहेको स्तम्भ भत्काउन खोजेपछि प्रहरी र प्रदर्शनकारी आमनेसामने भएका थिए ।
केहीबेरमा प्रदर्शनकारीले प्रहरीतर्फ ढुंगा हानेपछि झडप भएको हो । अहिले दुबै पक्षले एकअर्कामाथि ढुंगा प्रहार गरिरहेका छन् ।

प्रदर्शनकारीले स्तम्भको रेलिङ भाँचिदिएका छन् । प्रहरीले अहिले स्तम्भलाई घेरेर राखेको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले बुटवलमा सामान्य झडप भएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया