Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – सरकारले पाँच नम्बर प्रदेशलाई टुक्राउने गरी संविधान संशोधनको प्रस्ताव संसद्मा दर्ता गरेपछि बिभिन्न जिल्लाहरुमा आन्दोलन र प्रदर्शन चर्किएको छ ।

सरकारले ल्याएको प्रस्ताव फिर्ता लिनुपर्ने माग गर्दै ५ नम्बर प्रदेशका विभिन्न जिल्लामा आन्दोलन चर्किएको हो । आन्दोलनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित सत्तारुढ दलकै नेता तथा कार्यकर्ता समेत सहभागी भएका छन् । प्रस्तावको विरोध गर्दै एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले गरेको रुपन्देही बन्दका कारण प्रमुख शहरहरु बुटवल र भैरहवाको साथै ग्रामीण भेगमा समेत जनजीवन ठप्प बनेको छ ।

बन्दका कारण जिल्लामा यातायातका साधन सञ्चालन हुन सकेका छैनन् भने शैक्षिक संस्था र बजारसमेत बन्द भएका छन् । बन्दको प्रभाव पूर्व–पश्चिम र सिद्धार्थ राजमार्गमा पनि परेको छ । मधेसी मोर्चाको चित्त बुझाउने नाममा लुम्बिनी अञ्चलका पहाडी तीन वटा जिल्लालगायतलाई पाँच नम्बर प्रदेशबाट टुक्र्याउने प्रस्ताव गरेपछि आक्रोश बढेको हो । यता, गुल्मीमा पनि आजदेखि अनिश्चिकालिन आमहड्ताल शुरु भएको छ ।

तपाईको प्रतिक्रिया