Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौँ – नेकपा (एमाले) ले संसदमा दर्ता भएको संविधान संशोधनको प्रस्ताव असफल बनाउन सदन र सडकमा प्रतिरोध गर्ने भएको छ ।

एमालेका सचिव प्रदीप ज्ञवालीले आफ्नो पार्टीसँग छलफल बिना जनमत र संविधानको भावनाविपरीत सङ्घीयता लगायतका विषयमा संशोधनको प्रस्ताव आएकाले त्यसलाई सफल हुन नदिने जनाउनुभयो ।

पार्टीको प्रचार विभागले आज यहाँ आयोजना गरेको अन्तरक्रिया  कार्यक्रममा उहाँले प्रदेशसभा गठन र उसको सहमतिबिना त्यसमातहतका सिमाना हेरफेर गर्ने अधिकार अहिलेको संसद्लाई नभएको तर्क गर्नुभयो ।

ज्ञवालीले भन्नुभयो, ‘‘संविधानको सर्वस्वीकार्यताका नाममा एमालेलाई एक्लो पार्न खोजेर कसरी निकास हुन्छ, यस्तो प्रयासले केवल राष्ट्रिय स्वाधिनतामा आँच आउने बाहेक अरु काम गर्ने छैन ।’’

तपाईको प्रतिक्रिया