Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – सरकारले संविधान संशोधन विधेयक दर्ता गरेपछि भावी रणनीति तय गर्न प्रमुख प्रतिपक्ष नेकपा एमालेको संसदीय दल र पदाधिकारीको बैठक आज बस्दैछ ।

बैठकले सडक र सदनमा कसरी प्रस्तुत हुने भन्नेबारे निर्णय गर्ने एमालेले जनाएको छ । कसैको प्रायोजन र निर्देशनमा संशोधन प्रस्ताव आएको भन्दै बिरोध गरिसकेको छ । मधेसी मोर्चाका नेताहरुले संशोधन प्रस्ताव दर्ता भएपछि विधेयकमा संशोधन हालेर आलोचनात्मक समर्थन सहित चुनावसम्म जान सकिने आश्वासन दिएपछि सरकारले एमालेको विरोध हुँदाहुँदै संशोधन प्रस्ताव दर्ता गरेको हो ।

संसदमा तत्काल कायम रहेका सबै सदस्य संख्याको दुईतिहाई सदस्यको बहुमतबाट स्वीकृत भएमा संशोधन विधेयक पारित हुनेछ ।

तपाईको प्रतिक्रिया