Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

बुटवल – सरकारले संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गरेसँगै बिभिन्न ठाउँहरुमा प्रदर्शन शुरु भएको छ ।15253418_1176287155787480_2599933904978865808_n

संविधान संशोधनमा ५ नम्बर प्रदेश टुक्राउने गरी हिजो संसदमा दर्ता भएको प्रस्तावका विरुद्ध बिहानै देखि बुटवल आसपासको क्षेत्रमा ब्यापक प्रदर्शन सुरु भएको हो । बुटवलमा बिहानैदेखि यातायात बन्द भएको छ भने अनेरास्ववियु लगायतका विद्यार्थी संगठनहरू पाँच नम्बर प्रदेशलाई अखण्ड राख्नु पर्ने भन्दै सडकमा ओर्लिएका छन् ।

बजार, पसल, उद्योग, कारखाना र शिक्षण संस्था पनि बन्द छन् । त्यस्तै आफूहरुलाई पाँच नम्बर प्रदेशबाट छुट्याइको विरोधमा अर्घाखाँची र गुल्मीमा पनि विरोध प्रदर्शन भइरहेको हाम्रा सहकर्मीहरुले जनाएका छन् ।

सरकारले मंगलबार साँझ यसअघि पाँच नम्बरमा रहेका पहाडी जिल्लालाई चार नम्बर प्रदेशमा राख्ने गरी संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गराएको थियो ।

तपाईको प्रतिक्रिया