Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – नेपाली काँग्रेसको तर्फबाट सरकारमा १० जना राज्यमन्त्री पठाइने निश्चित भएको छ । काँग्रेसले १० जनाको नाम मंगलबार नै प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाइसकेको छ ।

राज्यमन्त्रीका लागि दिइएका नाममा दीर्घसिंह भाट–भौतिक योजना तथा यातायात, सीताराम मेहता–वन, तारामान गुरुङ–स्वास्थ्य, सुरेन्द्र आचार्य–सिँचाइ, सुवर्ण ज्वारचन–सहरी विकास राज्यमन्त्री छन् । यस्तै, दिलिप गच्छदार–श्रम, इन्द्र बानियाँ–पर्यटन, दिलिप खड्का–खानेपानी तथा सरसफाइ, कञ्चन वादे–उद्योग, मिठु मल्ल–वाणिज्य राज्यमन्त्रीमा सिफारिस गरिएका छन् । office-of-pm

उनीहरुलाई आज राज्यमन्त्रीमा नियुक्त गरी शपथ ग्रहण गराइने स्रोतले जनाएको छ । काँग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला र खुमबहादुर खड्काको भागबन्डामा राज्यमन्त्री चयन गरिएको बताइएको छ ।

राज्यमन्त्रीलाई प्रधानमन्त्रीले शपथ गराउने व्यवस्था रहेको छ ।

तपाईको प्रतिक्रिया