Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – संविधान संशोधनको तयारी भइरहेका वेला हिन्दूराष्ट्रका लागि विभिन्न समूह संगठित भएका छन् । हिन्दूराष्ट्र घोषणाका लागि दबाब दिन ती समूहले विभिन्न अभियान चलाउँदै छन् ।

हिन्दूराष्ट्रकै मुद्दामा राप्रपा नेपाल र राप्रपाको एकीकरण भएको छ । विश्व हिन्दू महासंघको नेतृत्व पुनर्गठन भएको छ भने केशरबहादुर विष्ट, बालकृष्ण न्यौपाने लगायतले नेतृत्व गरेको समूह पनि हिन्दूराष्ट्रका लागि सक्रिय भएको छ । काँग्रेस नेता खुमबहादुर खड्का नेतृत्वको ‘सनातन हिन्दूराष्ट्रका लागि महाअभियान’ले बुधबार काठमाडौंमा पार्टी निकटस्थ र शुभेच्छुकहरूको भेला बोलाएको छ । गत वर्ष संविधान जारी हुनुअघि नै सेलाएको खड्का नेतृत्वको महाअभियानले संविधान संशोधनको तयारी भइरहेका वेला दबाब दिन सक्रियता बढाएको छ । महाअभियानका नेता देवप्रकाश त्रिपाठीका अनुसार बुधबार बोलाइएको भेलाले हिन्दूराष्ट्र, गणतन्त्र, संघीयतालगायतबारे धारणा तय गर्ने छ । rajass

भेलामा काँग्रेस महासमिति सदस्य हरिबोल भट्टराईको नेतृत्वमा रहेको हिन्दूराष्ट्रका लागि नागरिक संघर्ष समितिमा आबद्धहरू पनि सहभागी हुनेछन् । महाअभियानले लोकतान्त्रिक गणतन्त्रसहितको हिन्दूराष्ट्रका पक्षमा आफूलाई उभ्याएको छ । काँग्रेस महामन्त्री डा. शशांक कोइराला पनि हिन्दूराष्ट्रका पक्षपाती हुन् । नेता खड्काको हिन्दूराष्ट्र अभियानमा अन्य केन्द्ीय सदस्यले पनि मुद्दामा समर्थन गर्ने खड्कानिकट नेताहरूको दाबी छ । उनले बोलाएको भेलामा वनमन्त्री शंकर भण्डारी, काँग्रेस नेताहरू तारानाथ रानाभाट, लक्ष्मण घिमिरे लगायत पनि सहभागी हुँदै छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाह विश्व हिन्दू महासंघको कार्यक्रममा सहभागी भएर भाषण दिएबाहेक प्रत्यक्ष रूपमा हिन्दूराष्ट्रका लागि सक्रिय छैनन् । पछिल्लो समय भारत र चीन पुगेर फर्किएका पूर्वराजाले यो अभियानका लागि लगानी गर्ने इच्छासमेत नदेखाएको उनी निकटहरू बताउँछन् । राजसंस्था पुनस्र्थापना र हिन्दूराष्ट्रका लागि हुने कार्यक्रम वा गतिविधिमा समर्थन रहने, तर आफू सक्रिय पनि नहुने, खर्च पनि नगर्ने पूर्वराजाको रणनीति छ । ‘पूर्वराजा हामीले सोचेजस्तो उत्साहित हुनुहुन्न,’ ज्ञानेन्द्रका एक सहयोगीले भने, ‘तर, अहिले माहोल बनिरहेकोमा उहाँ खुसी हुनुहुन्छ ।’

तपाईको प्रतिक्रिया