Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं- चाँडै आक्रामक र भावुक हुने माओवादी अध्यक्ष बुधबार पनि भावुक देखिए । लाजिम्पाटस्थित निवासमा सगरमाथा चढ्ने टोलीलाई सामूहिक विदाइ गरेर त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्दासम्म उनी भावुक देखिए । भावकुको कारण थियो, टोलीमा छोरा प्रकाशको पनि सहभागिता ।
सगरमाथा आरोहणका लागि आवश्यक पर्ने रकमका बारेमा बिभिन्न जिज्ञासा र चर्चा चलिरहेका समयमा एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाश दाहाल सम्मिलित टोली सगरमाथा आरोहणका लागि प्रस्थान गरेको छ ।
त्रिभुवन विमानस्थलमा बिशेष कार्यक्रम गरेर एमाओवादी अध्यक्ष दाहालले टोलीलाई बिदाई गरे । त्यस क्रममा दाहालले टोलीलाई लिएर बिभिन्न बिवाद भएको चर्चा गर्दै शान्ति र संविधानका लागि सगरमाथा आरोहणका लागि शुभकामना दिए ।
शान्ति र संविधानका लागि भन्दै प्रकाश दाहाल सम्मिलित एमाओवादी नेता तथा कार्यकर्ताहरुको टोली सगरमाथा आरोहणका लागि प्रस्थान गरेको हो ।
टोली नेता एमाओवादी केन्द्रीय सदस्य कृष्ण केसी छन् । टोलीमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालका एक जना पूर्व अंगरक्षक समेत छन् ।
सरकारले सगरमाथा आरोहणका लागि उपलब्ध गराएको २ करोड रकमका बारेमा बिरोध भएपछि रकम नलिने घोषणा समेत गरेका थिए । उनीहरुले साढे दुई करोड जनतासंग एक एक रुपियां संकलन गर्ने भन्दै रत्नपार्कमा अभियान समेत गरेका थिए ।
यद्यपि सगरमाथा आरोहणका लागि आवश्यक पर्ने ठूलो रकमका बारेमा उनीहरुले केही भनेका छैनन् ।
तपाईको प्रतिक्रिया