Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – स्वास्थ्यमन्त्री गगनकुमार थापाले आज चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का डिन डा केपी सिंह र शिक्षण अस्पतालमा अनशनरत डा गोविन्द केसीसँग भेट गर्नुभएको छ ।
भेटका क्रममा मन्त्री थापाले डा केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुकासाथै समस्या समाधानका लागि आफूले उच्चस्तरीय राजनीतिक संयन्त्रसँग छलफल गर्ने बताउनुभयो । उहाँले डा. केसीका मागबारे आज बस्ने मन्त्रिपरिषद्को बैठकमा पनि पुनः कुरा उठाउने आवश्वासन दिनुभएको डा केसीका तर्फबाट वार्ता समिति सदस्य डा जीवन क्षेत्रीले जानकारी दिनुभयो । डिन सिंहसँगको भेटमा विद्यमान परिस्थितिको निकासबारे छलफल भएकोे मन्त्रीको निजी सचिवालयले जनाएको छ ।
तीन पटकसम्म वार्तामा बस्दा पनि सरकारका पक्षबाट त्रिविका उपकुलपति डा तीर्थ खनियाँलाई बर्खास्त गर्नुपर्ने र डिनको राजीनामाका विषयमा कुरा हुुनै नसकेको वार्ता समिति सदस्य डा क्षेत्रीले बताउनुभयो ।
यता, अनशनरत डा केसीको स्वास्थ्य नाजुक बन्दै गएको छ । उहाँको मुटुको चाल अनियन्त्रित हुने समस्या फेरि देखिएको र यो अवस्था लम्बिए ठूलो समस्या हुन सक्ने उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया