Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – थाइल्याण्डको बैंककमा जारी एसिया कप महिला ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगिताको तेस्रो खेल अन्तरगत आज नेपाल र बंगलादेश भिड्दैछन् ।

प्रतियोगितामा लगातार दुई खेल हारेको नेपाल आजको खेलमा जित निकाल्दै अंक तालिकामा खाता खोल्न चाहन्छ । तर टेष्ट मान्यताप्राप्त राष्ट्र बंगलादेश विरुद्धको खेल पनि नेपाली चेलीका लागि त्यति सहज भने हुने देखिन्न । यसअघि प्रतियोगिताको सुरुवाती दुई खेलमा नेपाललाई पाकिस्तान र श्रीलंकाले फराकिलो अन्तरमा हराएका थिए । cricket-team-female

पहिलो खेलमा पाकिस्तानसँग ९ विकेटले हारेको नेपाल दोस्रो खेलमा हिजो श्रीलंकासँग ८ विकेटले पराजित भयो । दोस्रो चरणको समाप्तिसम्म सत्प्रतिशत नतिजासहित भारत र पाकिस्तान शीर्ष दुईमा छन् भने श्रीलंका र बंगलादेश तेस्रो र चौथो स्थानमा छन् ।

अंकविहीन भए पनि आयोजक थाइल्याण्ड रन रेटका आधारमा नेपालभन्दा माथि छ ।

तपाईको प्रतिक्रिया