Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं- विवाद थाति राख्दै माओवादी लडाकुको समायोजन प्रक्रिया अगाडि बढाइने भएको छ ।
प्रमुख तीन दलका शीर्ष नेताहरुसहित सिंहदरवारमा बुधबार साँझ बसेको सेना समायोजन विशेष समितिको बैठकले सचिवालयले तयार गरेको कार्यतालिका पारित गरेको छ ।
कार्यतालिकाअनुसार चैत २४ गतेदेखि पुनःवर्गीकरणको काम अगाडि बढाइनेछ । २४ गते राजधानीबाट जाने समिति मातहत सचिवालयको टोलीले २५ गते क्याम्प खडा गर्ने, २६ गते आवश्यक तयारी गरी २७ गतेदेखि पुनःवर्गीकरणको काम सुरु गर्ने छ ।
२७ गतेदेखि सुरु हुने पुनःवर्गीकरण अगाडि नै विवादित महानिर्देशनालय, दर्जा निर्धारण, विशेष तालिम र छनोट समितिमा सहमति जुटाउने निर्णय भएको छ ।
माओवादी सेनाका लडाकुहरूको समायोजन कार्ययोजना
  
नेपालको अन्तरिम संविधान, २०६३ को धारा १४६ बमोजिम गठित विशेष समितिको मिति २०६८।१२।२२ को निर्णयअनुसार माओवादी सेनाका लडाकुहरूको लागि समायोजनको कार्ययोजना र कार्यतालिका देहायबमोजिम तय गरिएको छ :
१. समायोजनका लागि देहायबमोजिम केन्द्रहरू निर्धारण गरिएको छ:-
हाल मुख्य तथा सहायक शिविरहरूमा रहेका माओवादी सेनाका लडाकुहरूलाई समायोजन कार्यको लागि नेपाली सेनासँग समन्वय गरी पायक पर्ने निम्नअनुसारका समायोजन केन्द्रहरू निर्धारण गरिएको छ ।
(क) अधिकृत तहका लागि: मध्य पृतनाअन्तर्गत शम्सेर दल गण,  भरतपुर
(ख) अन्य दर्जाको लागि:
I. पूर्वी पृतना हेडक्वाटर, ईटहरी: i.  चुलाचुली, ईलाम – मुख्य शिविर
ii.  टाँडी, मोरङ – सहायक शिविर
II. ९ नं बाहिनी अड्डा, सिन्धुली: i.  दुधौली, सिन्धुली – मुख्य शिविर
ii.  बेलसोत, उदयपुर – सहायक शिविर
III. मध्य पृतना, सुपारीटार, हेटौंडा: i.  शक्तिखोर, चितवन – मुख्य शिविर
ii.  गैरीवारी, चितवन – सहायक शिविर
IV. २२ नम्बर बाहिनी अड्डा, बुटवल: i.  झ्यालटुङडाँडा, नवलपरासी – मुख्य शिविर
ii.  हात्तिखोर, नवलपरासी – सहायक शिविर
V. मध्य पश्चिम पृतना हेडक्वाटर, सुर्खेत: i.  दशरथपुर, सुर्खेत – मुख्य शिविर
ii.  लेखफर्सा, सुर्खेत– सहायक शिविर
VI. १९ नं बाहिनी अड्डा, दाङ: i.  दहवन, रोल्पा – मुख्य शिविर
ii.  उवा, मसिना – सहायक शिविर
VII. ५ नं बाहिनी अड्डा, तेघरी, कैलाली: i.   तालबन्द,कैलाली– मुख्य शिविर
ii. बढैपुर, कैलाली – सहायक शिविर
iii. गोरङ्गे, कैलाली– सहायक शिविर
पुनश्च:- नेपाली सेनाको प्रस्तावअनुसार समायोजन केन्द्रहरू थप हुन सक्नेछन् ।
२. समायोजन प्रक्रियाको व्यवस्थापन देहायबमोजिम हुनेछ :
(क) समायोजन केन्द्रसम्म लडाकुहरूलाई पु¥याउने व्यवस्था:
समायोजन हुने लडाकुहरूको बन्दोबस्ती तथा व्यवस्थापन (यातायात, खाना तथा आवास) नेपाली सेनाको सम्बन्धित व्यारेकसँग समन्वय गरी सचिवालय र शिविर व्यवस्थापनले मिलाउने ।
(ख)  भत्ता र रासनको व्यवस्था:
समायोजन कार्य सम्पन्न नभएसम्म लडाकुहरूले साविकमा खाईपाई आएको भत्ता र रासन शिविर व्यवस्थापन कार्यालयहरूले सम्बन्धित व्यारेकलाई उपलब्ध गराउने ।
३. लडाकु,  शिविर र हतियार सम्बन्धमा देहायबमोजिम हुनेछ:
समायोजन रोजेका तर स्वैच्छिक अवकाशमा जान चाहने लडाकुहरूलाई चेक वितरण गर्ने, पुनर्स्थापनमा जानेहरूलाई शान्ति तथा पुनर्निर्माण मन्त्रालयको जिम्मा दिने कार्य सम्पन्न गरी समायोजन प्रक्रियामा सहभागी हुने लडाकुहरू, शिविरहरू तथा सम्पूर्ण हतियारहरू नेपाल सरकार मातहत ल्याउने व्यवस्था मिलाउने ।
४. समायोजनको प्रक्रियाबाट फर्किने लडाकुहरूको सम्बन्धमा देहायबमोजिम हुनेछ:
समायोजन केन्द्रबाट विविध कारणले फर्किने लडाकुहरूलाई अन्य लडाकुसरह विकल्प रोज्ने अवसर दिइनेछ ।
५. तालिम सञ्चालन देहायबमोजिम हुनेछ :
समायोजन छनौट प्रक्रिया पूरा गरी दर्जाअनुसार समायोजन प्रक्रियामा गएका अधिकृत तथा अन्य दर्जाका हकमा नेपाली सेनाका विभिन्न शिक्षालय,  तालिम केन्द्र,  पृतना, तालिम शिक्षालय, बाहिनी र गणहरूमा तालिम सञ्चालन गरिनेछ ।
६. पदस्थापन: निर्धारित तालिमहरू सफलतापूर्वक सम्पन्न गरेकाहरूलाई दर्जाअनुसार पदस्थापन गरिनेछ।
७. समायोजन कार्यसँग सम्बन्धित सम्पूर्ण प्रक्रिया बारे सम्बन्धित सबै लडाकुहरूलाई पूर्व जानकारी गराइनेछ ।
८. समायोजन कार्यको लागि प्रत्येक शिविरमा देहायबमोजिम जनशक्ति खटाइने छ :
(क) सचिवालय सदस्य – १ वा २ जना
(ख) कर्मचारीहरूः
o अधिकृतस्तर – ३ जना (करारसमेत)
o लेखापाल – १ जना
o कम्प्यूटर अपरेटर (करार) – ५ जना
o सवारी चालक – १ जना
o कार्यालय सहयोगी – १ जना
o शिविरमा रहेका अनुगमन टोलीका कर्मचारीहरू
९. स्वैच्छिक अवकाश र पुनर्स्थापनामा जाने लडाकुहरूको लागि विगतमा अपनाईएको निम्न विधिअनुरूप नै कार्यसम्पादन गरिनेछ ।
(क) नयाँ फारम भर्नुपर्ने
(ख) पुरानो फिर्ता लिई नयाँ परिचयपत्र वितरण गर्ने
(ग) चेक वितरण गर्ने
(घ) बाटो खर्च वापतको रकम नगदै उपलब्ध गराउने
१०. तालिमको चरण देहायबमोजिम हुनेछः
(क) आधारभुत तालिम (Basic Training): छनौट चरण पार गरिसकेपछि अधिकृत र अन्य दर्जाको लागि छुट्टा-छट्टै तालिमहरू सञ्चालन हुनेछन् ।
(ख) Rank Specific/Bridging तालिमः दर्जाअनुसारको नियुक्तिसम्बन्धी तालिम
दिइनेछ ।
११. महानिर्देशनालयको गठन बारे आगामी बैठकबाट निर्णय गरिनेछ ।
१२. दर्जा निर्धारणका सम्बन्धमा सात बुँदे सहमतिअनुरूप आगामी बैठकबाट निर्णय गरिनेछ ।
१३. ब्रिजिङ कोर्स र तालिमको अवधि सम्बन्धमा अर्को बैठकबाट निर्णय गरिनेछ ।
१४. छनोट समितिको गठन बारे अर्को बैठकबाट निर्णय गरिनेछ ।
१५. समायोजन प्रक्रियाका लागि देहायबमोजिमको कार्यतालिका पारित गरियोः
कार्यतालिका
क्र.सं. मिति / बार कामको विवरण स्थान जिम्मेवार निकाय
१ २०६८।१२।२४,  शुक्रबार काठमाडौंबाट प्रस्थान मुख्य शिविर सचिवालय टोली
२ २०६८।१२।२५,  शनिबार १. समन्वय
२. शिविर पुग्ने र समन्वय ”          ” ”               “
३ २०६८।१२।२६,  आइतबार स्वैच्छिक अवकाश र पुनर्स्थापनाको कार्य प्रारम्भ ”          ” ”               “
४ २०६८।१२।२७,  सोमबार आइतबारको कार्यको निरन्तरता ”               ” ”               “
५ २०६८।१२।२८, मङ्गलबार सहायक शिविर प्रस्थान सहायक शिविर ”               “
६ २०६८।१२।२९, बुधबार स्वैच्छिक अवकाश र पुनर्स्थापनाको कार्य प्रारम्भ ”               ” ”               “
७ २०६८।१२।३०, बिहीबार बुधबारको कार्यको निरन्तरता ”               ” ”               “
८ २०६८।१२।३०, बिहीबार १. शिविरको बर-बुझारथ
२. हतियार कन्टेनरमा राख्ने
३. हतियार कन्टेनरमा राख्ने
४. हतियार र कन्टेनर नेपाली सेनालाई बुझाउने
५. लडाकुहरू नेपाली सेनाको ब्यारेकतर्फ प्रस्थान सहायक र मुख्य सहायक शिविर
मुख्य शिविर
मुख्य शिविर
मुख्य र सहायक शिविरबाट सचिवालय,
सुरक्षा टोली,
लडाकु कमाण्डर
नेपाली सेना
”               “
तपाईको प्रतिक्रिया