Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

टोकियो – गोरखा समाज जापानको प्रथम अधिवेशनले चुडामणि भट्टराईको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति चयन गरेको छ । गोरखाबाट जापान आई विभिन्न पेशा व्यवसाय, अध्ययन लगायतमा आवद्व रहेका गोर्खालीहरुको सामूहिक पहलमा गोरखा समाज जापानको ‘प्रथम अधिवेशन – २०१६’ डिसेम्वर २७ तारिखमा सम्पन्न भएको थियो ।

111

समाजको उपाध्यक्षमा कमला काप्री, राजु पनेरु र अर्जुन ढकाल चयन भएका छन् भने महासचिवमा रविन्द्र श्रेष्ठ चयन भएका छन् । त्यस्तै गरी समाजको सचिवमा लक्ष्मण थापा र कोषाध्यक्षमा विश्व अधिकारी सहितको ७ सदस्यीय पदाधिकारी चयन गरेको छ ।

e

समाजको सदस्यहरुमा विष्णु तिवारी, जीवन रेग्मी, अर्जुन अमगाई, अमित रायमाझी, अम्विका भन्तना, किशोर अधिकारी, कपिल वगाले, नानु देवकोटा, मन कुमारी अमगाई, प्रकाश पन्त, धुर्व अधिकारी, दिपक खनाल, ऋषिराम ढकाल, विराट खनाल, दिनेश भट्टराई, सन्तोष अधिकारी, मनिस श्रेष्ठ र धिरेन्द्र वहादुर थापा चयन गरिएको छ । समाजको सो अधिवेशन शिन ओकुवो स्थित बाराकाँडे गुड टाईम्स हलमा सम्पन्न गरिएको थियो ।

a
समाजको वन्द सत्रमा विधान माथि छलफल गरी परिमार्जन सहित पारित गरेको थियो । आर्थिक प्रतिवेदन कपिल बगालेले प्रस्तुत गरेका थिए । समाजको अधिवेशनमा तोचीगी क्षेत्रीय समितिका प्रतिनिधि, टोकियो बाहिर र टोकियोमा रहेका गोर्खालीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

b

समाजका पूर्व संयोजक भट्टराईको सभापतित्व र एभरेष्ट इन्टरनेश्नल स्कुलका अध्यक्ष डा. भूपालमान श्रेष्ठको विशेष आथित्यतामा सुरु गरिएको थियो । समाजको अधिवेशनमा नेपाल पत्रकार महासंघ जापान शाखाका उपाध्यक्ष वेलुकाजी थापा, तमुधि जापानका अध्यक्ष श्री गुरुङ र विशेष अतिथि डा. श्रेष्ठले प्रतिनिधिमुलक शुभकामना मन्तव्य राखेका थिए ।

c
कार्यक्रम समापन गर्दै अध्यक्ष भट्टराईले जापानमा रहेका संघ संस्थासंग सहकार्य गर्दै गोरखा वासीको लागि सक्रिय भएर अगाडी बढ्ने बताएका थिए । अधिवेशनको बन्द सत्र र घोषणा सभाको संचालन रविन्द्र श्रेष्ठले गरेका थिए ।

d

तपाईको प्रतिक्रिया