Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

अमेरिका – अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले नोभेम्बर ८ मा भएको चुनावमा दशौं लाखले अवैध रुपमा मत हालेको बताउनुभएको छ ।

ट्रम्पले दशौं लाखले अवैध रुपमा मतदान गरेको र त्यस्तो मत हटाउने हो भने पपुलर मतमा आफू अघि हुने दाबी गर्नुभयो । ट्रम्प महत्वपूर्ण इलेक्ट्रोल कलेजमा अघि रहेर राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।

तर पपुलर मतमा भने ट्रम्प डेमोक्र्याटिक हिलारी क्लिन्टन भन्दा २२ लाख भन्दा धेरै मतले पछि पर्नुभएको छ । ट्रम्पले दशौं लाखले अवैध मतदान गरेको दाबी गरे पनि त्यसमा कुनै प्रमाण भने भेटिएको छैन ।

हिलारी क्लिन्टनले विस्कन्सिन प्रान्तमा ग्रिन पार्टीका उम्मेदवारले दर्ता गरेको पुनः मतगणना हुनु पर्ने सम्बन्धी निवेदनको समर्थन गर्ने बताएपछि ट्रम्पको यस्तो भनाई आएको हो । ट्रम्पले ट्वीट गरेर दशौं लाखले अवैध मतदान गरेकाले आफू पपुलर मतमा पछि गरेको दाबी गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया