Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

पोखरा – आज बिहान गएको परकम्पका कारण लेखनाथ नगरपालिकामा एक घरमा क्षति पुगेको छ ।
परकम्पका कारण लेखनाथ नगरपालिका वडा नं ४ जलधारेमा रुद्रमोहन भट्टराईको एकतले पुरानो घरमा क्षति पुगेको डाँडाको नाक प्रहरी चौकीका प्रहरी निरीक्षक मदनजीत महराले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्षको भूकम्पले चर्काएको उक्त घरमा बिहानको कम्पनले केही क्षति पुर्याएको हो ।
केही वर्षयता भट्टराई परिवार उक्त घरमा बस्ने गरेका थिएनन् । बिहान ५ः२० बजे रामेछाप र सोलुखुम्बुलाई केन्द्रविन्दु बनाएर ५ दशमलव ६ म्याग्निच्यूटको परकम्प गएको थियो । भूकम्प मापन केन्द्रले यो ‘गोरखा’ भूकम्पको परकम्प भएको जनाएको छ ।

तपाईको प्रतिक्रिया