Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

balachaturdashi

काठमाडौं – आज बालाचतुर्दशी, दिवंगत आफन्तजनको आत्माको चिरशान्तिको कामना गर्दै काठमाडौंको पशुपतिनाथ क्षेत्रको श्लेषान्तक वनसहित देशभरका शिवालयहरुमा सतबीज छरी मनाइँदैछ ।

सतबीज छर्न विहानै पाशुपत क्षेत्रमा भक्तजनको ठूलो भिड लागेको छ । लाखौं भक्तजनले पाशपत क्षेत्र वरपर आफ्ना दिवंगत पितृहरुको सम्झनामा सतबीज छरेका हुन् । हरेक वर्ष मंसीर कृष्ण चतुर्दशीको बिहान जौ, धान, कालो तील, गहुँ, तोरी, मास, सानो केराउ, लावा र मूला, ज्यामिर, सखरखण्ड, पिंडालु र हलेदो छर्दै पशुपति क्षेत्रमा देवीदेवताका मन्दिर परिक्रमा गर्ने गरिन्छ ।

भक्तजन गएरातिदेखि नै महादीप बाली जाग्राम बसेका थिए । बालाचतुर्दशीमा मृगस्थली वा श्लेषान्तक वनमा छरेको सतबीज दिवंगत भएकाका लागि बाली रोपिएको भन्ने लोककथन पनि छ । सतबीजबाट उम्रने अन्न दिवंगतको आत्माले खान पाउने र कहिल्यै भोको बस्नु नपर्ने जनविश्वास रहिआएको छ । ***

तपाईको प्रतिक्रिया