Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – सरकारले संसदमा दर्ता गर्ने तयारी गरेको संविधान संशोधन प्रस्ताव आजको बैठकमा पनि दर्ता नहुने भएको छ ।

आइतबार बसेको मन्त्रीपरिषदको बैठकमा संविधान संशोधनमा सहमति जुटाउने प्रयास भइरहेको र सहमतिको प्रयास जारी राख्ने निर्णय गरेपछि संशोधन प्रस्ताव दर्ता हुने मिति लम्बिने बुझिएको छ । प्रधानमन्त्रीले सहमति जुटाउने प्रयास भइरहेका भनेपछि बैठकले सहमति जुटाएर नै संविधान संशोधन प्रस्ताव अघि बढाउने निष्कर्ष निकालेको हो । prachanda-cabinet-1

सरकारको यो निष्कर्षपछि संविधान संशोधनको प्रस्ताव आइतबार पनि दर्ता नहुने भएको हो । यसअघि हिजो बसेको सत्तारुढ दलको बैठकले आइतबार मधेसी मोर्चासँग छलफल गरेर संसद बैठकमा संविधान संशोधन प्रस्ताव दर्ता गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद बैठक भोलि पुनः बस्नेछ । सरकारले तयार पारेको संशोधनमा नेकपा एमाले र आन्दोलनरत मधेसी मोर्चाकै केही नेताको असहमति छ ।

तपाईको प्रतिक्रिया