Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

डोटी – डोटीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।
डोटीको कफल्लेकी गाविसबाट दुलही लिएर फर्केको जन्ती बोकेको जिप शनिबार राति डोटीकै लाटामाण्डौ गाविसको वडा नं २ र ३ को सिमानामा पर्ने झाँसीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा लाटामाण्डौँ गाविस–२ बस्ने ३० वर्षीय बिरी ताम्राकार र जिजौडामाण्डौ गाविस– ८ बस्ने ४५ वर्षीय गौरीशङ्कर नेपालीको मृत्यु भएको जिप्रका, डोटीका प्रमुख दिल्लीराज विष्टले जानकारी दिनुभयो ।
लाटामाण्डौका बिरी ताम्राकारको डडेल्धुरास्थित टिम हस्पिटलमा र जिजौडामाण्डौका गौरीशङ्कर नेपालीको कैलालीको अत्तरियास्थित पदमा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको विष्टले बताउनु भयो । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ । गम्भीर घाइते भएका लाटामाण्डौ गाविस–२ बस्ने १२ वर्षीय सुरेश कुँवरको टाउकोमा चोट लागेकाले उपचारका निम्ति भारतको बरेली पठाइएको छ भने गम्भीर घाइते जिजौडामाण्डौ–२ बस्ने २८ वर्षीय तारा नेपालीको अत्तरियास्थित पदमा अस्पतालमा उपचार भइरहेको जिप्रका, डोटीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार लाटामाण्डौस्थित घरमा जन्ती पुग्ने समयमा स्थानीय बालबालिका, अन्य मानिस जिपमा बस्दा ओभर लोड भई दुर्घटना भएको हो ।

तपाईको प्रतिक्रिया