Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – ‘जापान फेष्टिवल २०१६’ सम्पन्न भएको छ ।

जापानीज एसोसियसन अफ नेपाल र गैर आवासीय नेपाली संघ जापानको संयुक्त रुपमा  काठमाडौंको टुडिखेलमा आयोजना गरिएको फेष्टिवलमा अवलोकनकर्ताको बाक्लो उपस्थिीति रहेको थियो । फेष्टिवल आयोजक कमिटीका सदस्य पृथ्वी सुब्बाले समुद्रपारीलाई दिएको जानकारी अनुसार फेष्टिवलमा करिब १५ देखि २० हजारको सहभागिता रह्यो । जापानी संस्कृती र जापानका बिभिन्न परिकारहरुको स्वाद लिन नेपाली दर्शकहरु रमाएका थिए । img_8574

समुद्रपारिसँगको कुराकानीमा श्रेष्ठले भन्नुभयो, ‘फेष्टिवल एकदमै भब्यताका साथ सम्पन्न भयो, कतिपय दर्शकहरुले त जापानी परिकार छिट्टै सकिएकाले त्यसको स्वाद चाख्न पाउनुभएन, समग्रमा निकै राम्रो भयो र अवलोकनकर्ताको प्रतिक्रियाबाट हामी थप उत्साहित भएका छौं ।’

नेपाल र जापानबीच मैत्रिपूर्ण सम्बन्धको ६० वर्ष पुगेको अवसरमा फेष्टिवलको आयोजना गरिएको हो ।

तपाईको प्रतिक्रिया