Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं- भ्रष्टाचार मुद्दामा विशेष अदालतले पूर्वप्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेललाई सफाई दिएको छ ।
अदालतका अध्यक्ष न्यायाधीश गौरीबहादुर कार्की र सदस्यद्वय ओमप्रकाश मिश्र र केदार चालिसेको इजलासले गैरकानुनी सम्पत्ति आर्जन गरेको नदेखिएको भन्दै पूर्ववर्ति इजलासको फैसला सदर गरेको हो ।
सर्वोच्च अदालतले पूर्वप्रहरी महानिरीक्षक खरेल र मोतिलाल बोहरालाई भ्रष्टाचार मुद्दामा सफाइ दिने विशेषको निर्णय उल्ट्याउँदै पुनः सुनुवाईका लागि पठाएको थियो । अकुत सम्पत्ति जोडेको मुद्दामा बोहरालाई भने विशेषले डेढ वर्ष कैद तथा जरिवाना र बिगो दुवै गरी ५३ लाख रुपैयाँ तिराउने फैसला मङ्गलबार गरेको थियो ।
२०५३ देखि ०५७ सम्म बहाल गरेका खरेलले एक करोड ६३ लाख ३६ हजार एक सय ३० रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले २९ साउन ०६१ मा मुद्दा दर्ता गरेको थियो ।
तपाईको प्रतिक्रिया