Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

मोरङ – नयाँ शक्ति पार्टी नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले गरिबीलाई हटाउँदै समृद्ध नेपाल निर्माण गर्ने अभियानमा आफ्नो पार्टी लागेको बताउनुभएको छ ।

मोरङको हसन्दहमा आज नयाँ शक्ति, नेपाल गाउँ समितिले सञ्चालनमा ल्याएको एक दूध डेरीको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक भट्टराईले भन्नुभयो,‘नेपाली काँग्रेसले राणा फाल्यो, एमालेले पञ्चायत फाल्यो, माओवादीले राजा फाल्यो अव नयाँ शक्तिले मुलुकबाट गरिबी फाल्दै समृद्ध नेपाल निर्माण गर्नेछ ।’ नयाँ सोच र नयाँ विचारको साथ उदाएको नयाँ शक्तिले मुलुकलाई विकास र समृद्धितर्फ लैजाने दाबी पनि उहाँले गर्नुभयो ।

मुलुकमा पाँच बर्षभित्र गरिबी निवारण गर्ने, १० बर्षभित्र छिमेकी चीन र भारत जत्तिकै शक्तिशाली बन्ने र २५ बर्षभित्र मुलुकलाई विश्वकै शक्तिशाली मुलुकबीच खडा गर्ने सोचका साथ नयाँ शक्ति लागेकोले सोही अनुसार अगाडि बढ्न समेत संयोजक डा भट्टराईले उपस्थित कार्यकर्तालाई निर्देशन दिनुभयो ।

तपाईको प्रतिक्रिया