Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – सरकारले १४ दिनदेखि अनशनरत प्रा.डा. गोविन्द केसीसँग वार्ता गर्न वार्ता समिति गठन गरेको छ । santa-bahadur-shrestha

त्रिभुवन विश्व विद्यालयले चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमको डीन नियुक्तिको खारेजीको माग गर्दै विगत १४ दिनदेखि अनशनरत केसीसँग वार्ता गर्न सरकारले वार्ता समिति गठन गरेको हो । डीनमा वरियता मिचेर केशवप्रसाद सिंहलाई नियुक्त गरेको भन्दै उक्त नियुक्ति खारेजी गरी वरियता र क्षमताका आधारमा डीन नियुक्त गर्नुपर्ने माग राखेर केसी गएको कात्तिक २८ गतेदेखि अनशनमा हुनुहुन्छ ।

केसी अनशन बसेको १४ औं दिन शनिबार सरकारले शिक्षा सचिव शान्तबहादुर श्रेष्ठको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो । दुई सदस्यीय समितिमा स्वास्थ्य मन्त्रालयका सचिव सिनेन्द्रराज उप्रेती सदस्य हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया