Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – प्रमुख सत्तापक्ष दल नेकपा माओवादी केन्द्रले संविधान संशोधनमा सहमति जुटाउन अन्य दलसँगको छलफललाई तीव्रता दिने निर्णय गरेको छ । 1470978949maoist

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा बसेको पार्टी केन्द्रिय कार्यालयको बैठकले संविधान संशोधनमा अन्य दलको सहमति जुटाउन परामर्शलाई तीव्रता दिने निर्णय गरेको हो । बैठकले नेपाली काँग्रेस, मधेशी मोर्चा र सत्ता गठबन्धनका अन्य दलसँग थप छलफल गरी संविधान संशोधनमा सहमति जुटाउने निर्णय गरेको हो ।

संविधान संशोधनको विषयलाई लिएर माओवादी केन्द्रभित्र पनि असन्तुष्टि रहेको बुझिएको छ । बैठकमा पार्टीभित्रका असन्तुष्टि माथि समेत छलफल भएको स्रोतले बतायो । त्यस क्रममा प्रधानमन्त्री दाहालले त्यस्ता असन्तुष्टिलाई समेत सम्बोधन गराउने आश्वासन दिनुभएको थियो ।

बैठकमा पार्टीको आगामी कार्ययोजना, रिक्त पोलिटब्युरो र सचिवालयलाई पूर्णता दिने विषयमा पनि छलफल भएको थियो ।

तपाईको प्रतिक्रिया