Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

क्युवा – क्युवाका पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोको निधन भएको छ । क्युवाको कम्युनिष्ट क्रान्तिका नेता क्यास्ट्रोको ९० वर्षको उमेरमा निधन भएको क्युवाको राष्ट्रिय टेलिभिजनले जानकारी दिएको छ ।

उहाँको निधन बारे थप जानकारी भने दिइएको छैन । क्यास्ट्रोले आधा शताब्दी अर्थात ५० वर्ष क्युवाको नेतृत्व सम्हाल्नु भएको थियो । उहाँ सन् १९५९ देखि १९७६ सम्म क्युवाको प्रधानमन्त्री र सन् १९७६ देखि २००८ सम्म क्युवाको राष्ट्रपति हुनुहुन्थ्यो । त्यसपछि उहाँका भाइ राहुल क्यास्ट्रोले सत्ता सम्हाल्दै आउनुभएको छ ।

फिडेल क्यास्ट्रोले २०११ को अप्रिल १९ मा क्युवा कम्युनिष्ट पार्टीको नेताबाट राजीनामा दिनुभएको थियो । त्यसपछि उहाँका भाइ राहुल क्यास्ट्रो पार्टीको नेता बन्नुभएको छ ।

समर्थकले फिडेल क्यास्ट्रोलाई क्युवाका नागरिकलाई आफ्नो देश फिर्ता दिलाउने व्यक्तिको रुपमा परिभाषित गर्छन् । तर विरोधीले भने विपक्षीलाई क्रुद रुपले दबाएको आरोप लगाउने गरेका छन् ।

गएको अप्रिलमा फिडेल क्यास्ट्रोले कम्युनिष्ट पार्टीको कांग्रेसलाई सम्बोधन गर्नुभएको थियो । उहाँले क्युवाका नागरिक विजयी नागरिक रहेको भन्दै प्रशंसा गर्नुभएको थियो । फिडेल क्यास्ट्रोको जन्म सन् १९२६ को अगस्ट १३ मा भएको हो ।

तपाईको प्रतिक्रिया