Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

जाजरकोट – जिल्ला शिक्षा कार्यालयले गयल शिक्षकको तलब कटाएर विद्यालयमा पुस्तकालय खोल्ने बताएको छ । शिक्षा कार्यालयले विद्यालयमा नआएर तलब खाने शिक्षकको तलब कट्टा गरी जम्मा हुने रकमबाट विद्यालयमा पुस्तकालय बनाउने निर्णय गरेको जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले बताउनुभयो ।

यसको औपचारिक सुरुवात जिल्लाको भैरव आधारभूत विद्यालय भेरी मालिका १० भुरचौरबाट गरिएको छ । यहाँका शिक्षक १० दिनसम्म विद्यालय नआएका कारण शिक्षककै तलब काटेर यो विद्यालयमा पुस्तकाय स्थापना गर्न प्रधानाध्यापक जनकबहादुर गिरीलाई निर्देशन दिनुभयो ।

अबको १० दिनभित्र यो विद्यालयले गयल शिक्षकको तलब र जिल्ला शिक्षा अधिकारीले व्यक्तिगतरुपमा दिएको केही रकमबाट पुस्तकालय स्थापना गर्न लागिएको हो ।
जिल्लाका सबै विद्यालयमा पुस्तकालय स्थापना गर्ने जिल्ला शिक्षा कार्यालयको योजनाअनुसार नै यो विद्यालयमा सुरुवात गरिएको हो ।

विद्यालयमा नगएर व्यक्तिगत काममा लाग्ने शिक्षकलाई यसरी नै सजाय हुने जिल्ला शिक्षा अधिकारी सिंहले जानकारी दिनुभयो । विद्यालयमा विद्यार्थी नआएमा किन आएनन् भनेर अभिभावकसँग छलफल गर्न समेत उहाँले जिल्लाका सबै विद्यालयलाई निर्देशन दिनुभयो ।

छात्रवृत्ति वितरण गर्दा कम्तीमा ७५ प्रतिशत विद्यालयमा आउने विद्यार्थीलाई मात्र दिन उहाँको सुझाव रहेको छ ।

तपाईको प्रतिक्रिया