Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – सत्तारुढ दल नेकपा माओवादी केन्द्रका संसदीय दलका उप–नेता टोपबहादुर रायमाझीले ५ नम्बर प्रदेशलाई टुक्र्याउने गरी संविधान संशोधन प्रस्ताव ल्याए आफूले त्यसको विपक्षमा मतदान गर्ने चेतावनी दिनुभएको छ ।

top-bahadur-rayamajhi

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता रायमाझीले सरकारले ५ नम्बर प्रदेशलाई तलमाथि गर्नेगरी संशोधन प्रस्ताव ल्याए आफू त्यसको विपक्षमा मतदान गर्ने चेतावनी दिनुभएको हो । उहाँले भन्नुभयो ‘मेरो लागि देश र जनता ठूलो कुरा हो, पार्टी भनेको त्यसपछि मात्रै हो ।’

रायमाझीले विवाद नै नएको ५ नम्बर प्रदेशलाई टुक्र्याउँदा कसैलाई पनि फाईदा नहुने जिकिर गर्नुभयो । उहाँले ५ नम्बर प्रदेशलाई टुक्र्याउने गरी संविधान संशोधनको प्रस्ताव आएमा उक्त प्रस्तावको विपक्षमा मतदान गर्दा पार्टीले कारबाही गरेपनि आफूलाई कुनै फरक नपर्ने स्पष्ट पार्नुभयो ।

नेता रायमाझीले ५ नम्बर प्रदेशलाई टुक्र्याउने विषयमा ९० प्रतिशतको विरोध रहेको उल्लेख गर्दै भन्नुभयो ‘५ नम्बर प्रदेशका सबै दलहरु एक ढिक्का छन, यदी ५ नम्बर प्रदेशलाई तलमाथि गर्ने कुरा भए जनता स्वतस्फुर्त आन्दोलनमा उत्रिन्छन, अहिले पनि आन्दोलनका झिल्काहरु देखा परेका छन् ।’ उहाँले भुईँको टिप्न खोज्दा गोजीको खस्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई चेतावनी समेत दिनुभयो ।

तपाईको प्रतिक्रिया