Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – संविधान संशोधनको मस्यौदा टुंगो नलागेपछि शुक्रबार बस्ने भनिएको मन्त्रिपरिषद बैठक स्थगित भएको छ । सत्तारुढ कांग्रेस र माओवादी केन्द्रको बैठकमा मस्यौदामाथि थप छलफल गर्नुपर्ने आवाज उठेपछि टुंगो लाग्न नसकेको हो ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस तथा आफ्नो पार्टीभित्र आन्तरिक छलफल गरेर मस्यौदा तयार पार्ने र शुक्रबारकै मन्त्रिपरिषद बैठकबाट पारित गर्ने योजना बनाउनुभएको थियो ।

तर प्रस्तावित संविधान संशोधन विधेयकमा प्रमुख प्रतिपक्ष एमालेले बिरोध गरेको र मधेसी मोर्चा पनि पूर्ण सहमत नभएकाले थप छलफल गरेर मात्र मस्यौदा तयार पार्न कांग्रेस र माओवादीकै नेताहरुले जोड दिएका छन् । यस विषयमा प्रधानमन्त्री दाहालले कानुनविदहरुसँग पनि कुराकानी गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया