Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – इराकको राजधानी बग्दाद नजिक भएको एक ट्रक बम आक्रमणमा परि ७७ जनाको ज्यान गएको छ । ४० जना भन्दा धेरै घाइते भएका छन् ।

विस्फोटनमा मृत्यु हुनेमा धेरै शिया तिर्थयात्री रहेको सरकारी अधिकारीले बताएका छन् । राजधानी बग्दादबाट एक सय किलोमिटर दक्षिण अल हिलामा रहेको पेट्रोल पम्प र रेस्टुरेन्टको बिचमा विस्फोट भएको हो । कर्बला शहरमा इमाम हुसैनको निधन भएको ४० औं दिनको कर्ममा सहभागी भएर फर्किएका तिर्थायात्रीलाई लक्षित गरी आक्रमण भएको हो ।_92646069_mediaitem92646066

विस्फोटको जिम्मेवारी बिद्रोही संगठन इस्लामिक स्टेट आइएसले लिएको छ । आइएसका समाचार संस्था अमाकले भने विस्फोटमा दुई सय भन्दा धेरैको ज्यान गएको दाबी गरेको छ । तिर्थयात्री चढेका चारवटा बस कर्बलाबाट ८० किलोमिटर दक्षिण पूर्वमा रहेको शोमाली गाउँमा रहेको पेट्रोल पम्पमा तेल हाल्न रोकिएका बेला विस्फोट भएको हो ।

तपाईको प्रतिक्रिया