Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौँ – उपराष्ट्रपति नन्दबहादुर पुनले पर्यटन क्षेत्रको विकास बिना नेपालको समृद्धि सम्भव नभएको बताउनुभएको छ ।

उपराष्ट्रपति कार्यालयमा राष्ट्रिय पर्यटन पत्रकार सङ्घले आज आयोजना गरेको व्यवसायी अभिनन्दन र पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा उहाँले नेपालको समृद्धिका लागि पर्यटन, ऊर्जा, कृषि र जटीबुटीको विकासमा जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

पर्यटकीय दृष्टीले पनि महत्वपूर्ण क्षेत्र मानिएको नेपालको भौगोलिक वनावट, वेशभूषा, परम्परा, रहनसहन, धर्म र विविधतायुक्त जीवजन्तुको भरपूर उपयोग गर्न सके आर्थिक विकासमा टेवा पुग्ने उपराष्ट्रपति पुनले बताउनुभयो । गत वर्षको विनाशकारी भूकम्प र नाकाबन्दीले नेपालको पर्यटन क्षेत्रमा निकै ठूलो धक्का लागेपनि यहाँका सञ्चारमाध्यमले नेपाल सुरक्षित गन्तव्य हो भनी विश्व सामु पुर्याएको सन्देशको पनि उहाँले सराहना गर्नुभयो ।

नेकपा ९एमाले०का पर्यटन विभाग प्रमुख सूर्य थापाले नेपालको पर्यटन व्यवसायको विकास आफैँले गर्नुपर्छ भन्नुभयो । पर्यटन विभागका महानिर्देशक जयनारायण आर्चायले पर्यटन दिगो विकासको एकमात्र आधार भएपनि अपेक्षित विकास गर्न नसकिएको बताउनुभयो । गाउँ पर्यटन प्रवद्र्धन मञ्चका नेपालका अध्यक्ष रामप्रसाद सापकोटाले पर्यटकको सम्भावना भएका नयाँ गन्तव्यको खोजी गर्नुपर्नेमा जोड दिनुभयो ।

तपाईको प्रतिक्रिया