Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं- झापामा मंगलबार राति भएको पत्रकार यादव पौडेलको हत्याबारे छानबिन गर्न नेपाल पत्रकार महासंघले सात सदस्यीय टोली बनाएको छ ।
महासंघ अध्यक्ष शिव गाउँले अध्यक्षतामा सात सदस्यीय टोली बनाइएको हो । टोली बुधबार बिहान ११ बजे झापातर्फ प्रस्थान गरेको छ । महासंघको बुधबार बसेको आकस्मिक बैठकले सम्पूर्ण जिल्ला शाखामा भरे अपराह्न ४ बजे श्रद्धाञ्जलि सभा गर्ने कार्यक्रम तय गरेको छ।
हत्याको पत्रकार महासंघ, प्रेस चौतारी, नेपाल प्रेस युनियनलगायतले विज्ञप्ती जारी गरी भर्त्सना गरेका छन् ।
यसैबीच, झापाका मंगलबार राति हत्या गरिएका पत्रकार यादव पौडेलको शव पोस्टमार्टमका लागि भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा लगिएको छ । घटनाको अनुसन्धानका लागि होटल संघका पूर्व अध्यक्ष युवराज गिरीलगायत केही पक्राउ परेका छन् । मोटरसाइकलमा आएका केही व्यक्तिले होटलमा पत्रकार लुकेको छ, मार्नुपर्छ भन्दै राति कराउँदै हिँडेको सुनेको स्थानीय बासिन्दाहरुले बताएका छन्।
पौडलको शव बिर्तामोडको नयाँ बसपार्कस्थित पूर्वाञ्चल सेकुवा कर्नर नामको होटलको पिँढीमा भेटिएको थियो। उनको घाँटीमा अगाडिबाट काटेको देखिएको छ। दाहिने हात भाँच्चिएको र मोजा मात्र लगाएको जुत्ता नभएको अवस्थामा शव फेला परेको हो।
अनुसन्धानका लागि प्रहरीले दिनभर पौडेलसित रहेका केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ।
३८ वर्षका पत्रकार पौडेल झापाबाट एभिन्युज टेलिभिजन र राजधानी दैनिकका लागि काम गर्थे ।
मोरङ सिजुवा घर भएका पौडेल ६/७ वर्षदेखि झापामा बसी पत्रकारिता गर्दै आएका थिए। स्थानीय पत्रिका मेची टाइम्सका पनि उनी संवाददाता थिए।
पौडेलका श्रीमती र एक छोरा छन् ।
तपाईको प्रतिक्रिया