Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

सोलुखुम्बु  – छोरीलाई खोप लगाएर स्वास्थ्य संस्थाबाट फर्कंदै गर्दा रुखले किचेर देउसा-५ सोलुखुम्बुकी शशीकला राईको ज्यान गएको छ ।

स्थानीय नरनाथ राई र सुभराम राईले काटेको रुख ढलेर बाटोमा हिँड्दै गरेकीे १७ वर्षकी राईको मंगलबार ज्यान गएको हो । उनी ४५ दिनकी छोरीलाई खोप लगाएर स्वास्थ्य संस्थाबाट फर्कंदै  थिइन् ।

रुखले किचेर छोरी सामान्य घाइते भएकी छिन् । घाइते बालिकाको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ भने रुख काट्ने दुबै जनालाई जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक पुस्कर बोगटीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया