Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024
काठमाडौं – तरकारीवालीको रुपमा भाईरल बनेकी गोरखाकी कुशुम श्रेष्ठलाई स्नातकोत्तर तहसम्म निशुल्क छात्रवृत्ती प्रदान गरिएको छ । कुशुम अध्ययनरत चितवनको रत्ननगरस्थित क्वेस्ट मोडल कलेजमा एक कार्यक्रम आयोजना गरी नेपाली चलचित्र निर्माता कम्पनी पपुलर मल्टी मीडियाले कक्षा ११ र १२ को लागि क्वेस्ट कलेजसँगको सहकार्यतामा छात्रवृत्ती प्रदान गरिएको हो ।
1
त्यस्तै, काठमाडौंको बबरमहलस्थित नेपाल मेघा कलेजको सहकार्यतामा स्नातक र स्नातकोत्तर तहमा अध्ययनको पूर्ण छात्रवृत्ती प्रदान गरिएको हो । शिक्षण शूल्क तथा छात्रवृत्ती प्रदान कार्यक्रममा काठमाण्डौबाट पपुलर मल्टी मीडियाका अध्यक्ष शक्ति बल्दव घोरासैनी, पपुलर मल्टी मीडियाले बनाउँदै गरेको चलचित्र ’लम्फू’का निर्देशक गोपाल चन्द्र लामिछाने, चलचित्र निर्माता पुनम क्षेत्री गौतम, कलाकार सञ्जीत भण्डारी, बरिष्ठ साहित्यकार एल.बि. क्षेत्री, कुशुम श्रेष्ठका काका गोपिलाल श्रेष्ठ, क्वेस्ट मोडल कलेजका प्रिन्सिपल जगदिस चन्द्र शर्मा लगायतको उपस्थिती थियो ।
2
छात्रवृत्ती पाईसकेपछिकुसुमले आफ्नो लागि यो सहयोग अतुलनीय रहेको बताउनुभयो । ’यो सहयोग मेरो लागि अतुलनीय छ । उहाँहरुको चाहना अनुरुप मैले उच्च शिक्षा प्राप्त गर्न निरन्तर मेहनत गर्नेछु । अहिले मेरो प्रमूख प्राथमिकता भनेको अध्ययन नै हो’ ।
उहाँले आफु निम्न आर्थीक अवस्थामा रहेको समयमा यो सहयोग निकै ठुलो रहेको बताउनुभयो । ’उच्च शिक्षासँगै देशको नाम पनि राखेर मेरो देशको र मेरा बाबा आमाको सपना साकार पार्नेछु’ कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो । आयोजक तथा पपुलर मल्टी मीडियाका अध्यक्ष शक्ति बल्दव घोरासैनीले उहाँको पढ्ने चाहनालाई केहि सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।
नेपाल चलचित्र निर्देशक समाजका महासचिव तथा चलचित्र निर्देशक गोपाल चन्द्र लामिछानेले कुशुमलाई आफुले ’लम्फू’ चलचित्रमा उहाँलाई सुहाउने गरी एक भूमिका रहेकोले अफर गरेको बताउनुभयो । ’कुशुमलाई सुहाउने भूमिकामा हामीले अफर गरेका थियौँ तर उहाँले पहिले पढ्ने मनसाय व्यक्त गर्नुभयो । पहिले शिक्षा र पछि जुनसुकै क्षेत्र रोज्न सक्ने भनेपछि हामीले उहाँलाई छात्रवृत्ती दिने बारेका निर्णय गरेका हौँ’ निर्देशक लामिछानेले भन्नुभयो, ’उहाँको उच्च शिक्षाको लागि यो हाम्रो सानो सहयोग हो’ ।
केहि समय अगाडी कुशुमले तरकारी बोकेर हिँडिरहेको अवस्थामा खिचिएका दुई तस्वीर संसारभर भाईरल बनेका थिए । उहाँका फोटोमा ’तरकारीवाली’ ट्याग लगाउँदै विश्वभरका करोडौँ मानिसले सामाजिक सञ्जालहरुमा शेयर गरेका थिए । निर्माणाधिन चलचित्र ’लम्फू’को लागि एक भूमिकामा कुशुमलाई अभिनयको अफर पनि गरिएको थियो तर, कुशुमले आफुले पहिलो प्राथमिकता अध्ययनलाई दिएको भन्दै अस्वीकार गर्नुभएको थियो ।
तपाईको प्रतिक्रिया