Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं  – मधेसी मोर्चाले संविधान संशोधन प्रस्ताव अघि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाललाई जिम्मा दिएको छ । संविधान संशोधनबारे छलफल गर्न बुधबार बालुवाटारमा बसेको सरकार र मधेसी मोर्चाको संयुक्त बैठकले संविधान संशोधन प्रस्ताव अघि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाललाई जिम्मा दिएको हो ।

morcha

बैठकमा प्रधानमन्त्री दाहालले भाषा, नागरिकता, माथिल्लो सभामा प्रतिनिधित्व तथा सिमांकनका विषयमा संशोधन प्रस्ताव पेश गरिने तथा प्रस्ताव दर्ता भइसकेपछि प्रमुख प्रतिपक्षीसहित अन्य दलसँगसमेत छलफल गरेर सहमति खोजिने प्रस्ताव राख्नुभएको थियो ।

प्रस्तावपछि बैठकमा सहभागी दलका नेताहरुले यसप्रति सकारात्मक धारणा राखेका प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । मधेसी मोर्चाका नेताले पनि आफूहरुले पनि संशोधन प्रस्ताव दर्तालाई नै कुरेकोले दर्ता गर्न सुझाव दिएका थिए ।

संशोधन प्रस्ताव दर्ता गर्न एमाललेलाई नपर्खने तर दर्ता भएपछि पनि सहमतिका लागि प्रयास जारी राख्ने सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो । अबको २÷३ दिनभित्र संशोधन प्रस्ताव दर्ता हुने पनि उहाँले जानकारी दिनुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा बसेको बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र मधेसी मोर्चा एवं संघीय गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरु सहभागी थिए । प्रमुख प्रतिपक्ष एमालेले भने संशोधनको कुनै औचित्य नरहेको बताउँदै आएको छ ।

सरकारले प्रदेशको सीमा फेरबदल गर्ने, अंगीकृत नागरिकताको प्रावधान केही खुकुलो पार्ने लगायत विषय समेटेर संशोधन प्रस्ताव दर्ता गर्न लागेको छ ।

तपाईको प्रतिक्रिया