Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

बिर्तामोड (झापा)- झापाका पत्रकार यादव पौडेलको मंगलबार राति अपरिचित समूहले हत्या गरेको छ ।
एभिन्यूज टेलिभिजनसहित राजधानी दैनिक र मेची टाइम्स दैनिकमा कार्यरत ३८ वर्षीय पत्रकार पौडेलको विर्तामोडको बसपार्कस्थित एक होटल बाहिर शव भेटिएको हो ।
मोरङको सिजुवा गाविसस्थित सौंठा स्थायी घर भएका पौडेल ६ वर्षअघि विराटनगरबाट प्रकाशित उदघोष दैनिकको सम्वाददातामा काम गर्न विर्तामोड आएका हुन् । उनी श्रीमती र छोरासहित विर्तामोडमा डेरा गरेर बस्थे ।
पौडेलको राति १२ बजे तिर हत्या भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । हत्यामा संलग्न भएको आशंकामा प्रहरीले होटल संघका पूर्व अध्यक्ष युवराज गिरी सहित १२ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।
पौडेलको अनुहारभरि चोट देखिएको छ । उनको घाँटी रेटेर हत्या भएको प्रहरीले जनाएको छ । हात समेत भाँचिएको छ । लगाएको कपडा च्यातिएको छ । घट्नास्थलमा उनले लगाएको एउटा जुत्ता समेत भेटिएको छैन । उनी चढ्ने मोटरसाइकल घट्नास्थलमा नै भेटिएको छ । अन्य दुईवटा मोटरसाईकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया