Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

टोकियो – जापानको उत्तर–पूर्वी तटमा शक्तिशाली भूकम्पको धक्कापछि फुकुसिमामा सुनामीको चेतावनी दिएको छ ।japan-sunami

आज बिहान फुकुशिमाबाट ७० किलोमिटर टाढा ११ किलोमिटर गहिराइमा ६.९ म्याग्निच्युडको भूकम्प आएको थियो । आजको भूकम्प र सुनामीले कुनै क्षति पुगेको खवर नआएपनि सुनामीको खतरा जारी रहेको बीबीसीले जनाएको छ । सन् २०११ मा आएको सुनामीका कारण उक्त परमाणु संयन्त्र पूर्ण रुपमा क्षतिग्रस्त भएको थियो ।

भूकम्पका कारण राजधानी टोकियो पनि प्रभावित भएको थियो । सन् २०११ मा भूकम्पपछि आएको ठूलो सुनामीका कारण फुकुशिमामा रहेको आणविक उर्जा प्लान्टमा क्षति पुगेको थियो ।

त्यसबेला १८ हजार भन्दा धेरैको ज्यान गएको थियो । गएको अप्रिलमा जापानको दक्षिणी क्षेत्र कुमामोटोमा गएको भूकम्पमा परि ५० जना भन्दा धेरैको ज्यान गएको थियो ।

तपाईको प्रतिक्रिया