Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

टोकियो – जापानको उत्तरपूर्वी केन्द्र भएर आज बिहान शक्तिशाली भूकम्प गएको छ । बिहान करिब ६ बजेर ५ मिनेटमा ५ मिनेटमा ७.३ म्याग्निच्युडको भूकम्प गएको हो । asd89fnyt78asdf-870x438

इबारीका राज्यको वकी केन्द्रबिन्दु भएर गएको भूकम्प लगत्तै तटीय क्षेत्रहरुमा सुनामीको चेतावनी दिईएको छ । फुकुसि क्षेत्रमा तत्काल सुनामी आउने संम्भावनाका कारण उक्त क्षेत्रका जनतालाई अग्लो क्षेत्रमा वस्न स्थानिय अधिकारीहरूले जनाएका छन् ।  सामाजिक संजाल प्रयोगकर्ताहरूका अनुसार करिव ३० सेकेण्ड लामो झड्काका कारण राजधानी टोकियोका ठूला भवनहरू सहित धेरै स्थानमा हल्लाएको थियो । अमेरिकी भूगर्भ विभागले सुरुमा ७ दशमलव ३ म्याग्निच्युडको भूकम्प आएको जनाएको थियो । तर पछि ६ दशमलव ९ म्याग्निच्युडको रहेको बताएको हो । जापान भूकम्पको उच्च जोखिम रहेको क्षेत्रमा पदर्छ ।
शक्तिशाली भूकम्पका कारण रेल सेवा केही समयका लागि बन्द गरिएका छन् । भूकम्पको क्षतिको विवरण प्राप्त हुन नसकेको जापानी संचारमाध्यमहरूमा जनाईएको छ ।

तपाईको प्रतिक्रिया