Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

tin-dal

काठमाडौं – प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुबीच सोमबार पनि संविधान संशोधनबारे सहमति जुट्न सकेन ।
प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार साँझ बालुवाटारमा डाकेको बैठकमा एमालेका नेताहरुले संविधान संशोधनको औचित्यमाथि नै प्रश्न उठाएपछि सहमति जुट्न नसकेको हो । कार्यान्वयन नै नगरी संशोधन गर्दा मुलुक झन् समस्यामा फस्ने भन्दै संशोधन प्रक्रिया अघि नबढाउन एमाले नेताहरुले सत्तारुढ दलका शीर्ष नेताहरुलाई आग्रह गरेका बताइएको छ ।
सरकारले नागरिकता, भाषा र सीमांकनलगायतका विषयमा संशोधन गर्ने गरी प्रस्ताव तयार पारेको छ भने सो प्रस्तावमा सहमति जुटाउन प्रतिपक्षी एमालेको साथ खोजिरहेको छ ।

तपाईको प्रतिक्रिया