Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

बनेपा – काभ्रेपलाञ्चोकमा झारफुक गर्ने निहुँमा बलात्कार गरेको आरोपमा पक्राउ परेका ५८ वर्षीय प्रेम तिमल्सिना बिरुद्ध आज प्रहरीले जबर्जस्तीकरणीसम्बन्धी मुद्दा दर्ता गरेको छ ।

पीडितका आफन्तले दिएको उजुरीका आधारमा एक किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नवीनराज राईले बताउनुभयो ।

बनेपा–५ मा अस्थायी रुपमा बस्ने तिमल्सिनालाई शनिबार नै प्रहरीले नियन्त्रणमा लिएको थियो । यसअघि पनि झारफुकको निहँुमा बलात्कार गरेको आरोपमा जिल्लाको शङ्खु गाविसबाट प्रहरीले एकजनालाई पक्राउ गरेको थियो ।

तपाईको प्रतिक्रिया