Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

म्याग्दी  – एक मिनेट फोन गरेको शुल्क कति लाग्ला दुई रुपैयाँ, पाँच रुपैयाँ, १० रुपैयाँ यस्तै । तर सुन्दा अचम्म लाग्न सक्छ, म्याग्दीकै एक ठाउँबाट अर्को ठाउँमा फोन गरेको प्रतिमिनेट तीन सय रुपैयाँ लाग्छ भन्दा । यो वास्तविकता हो ।

phone-call

मुदी गाविसमा रहेको धौलागिरी आधार शिविरको भ्रमणमा जाने पदयात्री तथा पर्यटकले फोनमा कुराकानी गर्दा अहिले प्रतिमिनेट तीन सय रुपैयाँ तिर्दै आएका छन् ।

तैपनि पदमार्गअन्तर्गत इटाली बेसक्याम्पमा लामो समयदेखि होटल व्यवसाय गर्दै आएका हरिप्रसाद तिलिजाले स्याटलाइट फोन जडान गरेपछि मात्रै यो सेवा उपलब्ध भएको हो । त्यहाँ उहाँले फोनमा कुरा गर्ने विदेशीलाई प्रतिमिनेट तीन सय र नेपालीलाई दुई सय रुपैयाँ शुल्क लिने गर्नुभएको छ ।

स्याटलाइट टेलिफोनमार्फत देशभित्रका जुनसुकै ठाउँमा फोन गर्दा प्रतिमिनेट एक सय ५६ शुल्क काट्ने हुँदा आफूले प्रतिमिनेट तीन सय रुपैयाँसम्म शुल्क लिने गरेको तिलिजाले बताउनुभयो ।

तीन वर्षअगाडि एक लाख ४५ हजार रुपैयाँमा स्याटलाइट प्रविधिको फोन र  १२ हजार पाँच सय रुपैयाँमा विदेशी नम्बरको सिमकार्ड खरिद गरी इटाली बेसक्याम्पमा सञ्चारको पहुँच जोडेको तिलिजाले जानकारी दिनुभयो ।

‘यसअगाडि यस क्षेत्रमा कुनै पनि सञ्चार सुविधा थिएन, पदयात्राका क्रममा पर्यटक बिरामी भएमा र लडेर घाइते भएमा समेत सूचना आदानप्रदानमा निकै कठिन थियो, अहिले स्याटलाइट फोन जडान भएपछि महँगो भए पनि आकस्मिक सेवाका रुपमा पर्यटक र पदयात्रीले प्रयोग गर्ने गरेका छन्’ तिलिजाले भन्नुभयो ।

स्याटलाइट फोनबाट आकाश खुलेको समयमा धौलागिरी हिमालको आधार शिविर क्षेत्रबाट समेत फोन गर्न सकिन्छ । धौलागिरी पदयात्राअन्तर्गत मुदीको बगरसम्म स्काई र सिडिएमए प्रविधिको फोनको सामान्य पहुँच भए पनि त्यहाँदेखि माथि भने सञ्चार सम्पर्क विच्छेद हुने गर्छ ।

बगरदेखि एक दिनको पैदलयात्रामा पुगिने दोभानमा होटल व्यवसाय गर्दै आउनुभएका बोमबहादुर पुनले त्यहाँ सिडिएमए प्रविधिको फोन जडान गर्नुभए पनि त्यो भरपर्दो छैन । मौसममा आउने फेरबदलले उक्त प्रविधिको टेलिफोनमा बारम्बार समस्या आउने गरेको छ ।

धौलागिरी आधार शिविर जाने प्रमुख पदमार्ग क्षेत्रमा सञ्चारको पहुँच नहुँदा वर्षौ पहिलेदेखि पदमार्ग सञ्चालनमा आए पनि अहिलेसम्म पनि अपेक्षाकृत रुपमा पर्यटकको आगमन बढ्न नसकेको स्थानीय बासिन्दाको भनाइ छ । सञ्चारको पहुँच नहुँदा आधार शिविर पुगेर बिरामी परेका र पदयात्राका क्रममा हराएका कतिपय पर्यटकको उपचार र उद्धारमा समेत कठिनाइ हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया