Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

रसुवा  – रोकिराखेको मालवाहक कन्टेनरमा टाउको ठोक्किँदा रसुवामा एक जनाको ज्यान गएको छ । बसको ढोकामा झुण्डिएर यात्रा गरिरहेका रसुवा डाँडागाँउ-९ का ३२ वर्षका आइतराम तामाङको कन्टेनरमा ठोक्किएर ज्यान गएको हो ।

काठमाठौंबाट रसुवा आउँदै गरेको  बा ४ ख ५८८८ नम्बरको बसको ढोकामा झुण्डिएर यात्रा गरिरहेका आइतरामको लहरेपौवामा रोकिराखेको कन्टेनरमा टाउको ठोक्किँदा ज्यान गएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरिक्षक प्रमेश विष्टले बताउनुभयो ।

ठक्करबाट गम्भीर घाइते भएका तामाङलाई उपचारको लागि अस्पताल लादै गर्दा बाटोमा नै ज्यान गएको प्रहरीले जनाएको छ । चालक र बस प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया