Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

shiva-raj-roka-magar

टोकियो – अकस्मात निधन भएका शिवराज रोकामगरको टोकीयोमा दाहसंस्कार गरिएको छ । विद्यार्थी भिषामा जापान आइ अध्ययन गर्दै गरेका रोल्पाका शिवराज रोकामगरको गत सेप्टेम्बर १८ मा निधन भएको थियो ।
आइतबार दाहसंस्कार कार्यक्रममा नेपाली राजदुतावास टोकियोका कार्यवाहक राजदुत कृष्ण चन्द्र अर्याल, एन आर एन जापान लगायत विभिन्न संघसंस्थाहरू सहित जापानवासी नेपालीको उपस्थिति रहेको थियो । सोही स्थानमा मौन धारण गर्दै रोकामगरको पार्थिव शरीरलाई अन्तिम श्रद्धांजलि दिइएको थियो । रोकामगरको निधन भए लगत्तै नेपाली राजदुतावास टोकियो र एनआरएन जापानको सहकार्यतामा मगर संघ जापान, नेपाल जापान विद्यार्थी समाज र राप्ती समाज जापानको संयुक्त पहलमा आर्थिक सहयोग संकलन समिति बनेको थियो । सोही समितिले रोकामगरको लागि संकलित आर्थिक हिसाब सार्वजनिक गरेको छ । यस अभियानलाई साथ दिदै जापानवासी सम्पूर्ण नेपाली समुदाय, विभिन्न संघसंस्था, विद्यार्थीहरूले सहयोग गरेर आर्थिक संकलन अभियानबाट २ सय ३५ मान २ हज़ार ७ सय २४ यन संकलन भएको थियो भने दाहसंस्कारसम्म आइपुग्दा ७० मान ८ हज़ार १ सय ८० यन ख़र्च भएको बताइएको छ । सम्पूर्ण ख़र्च कटाएर बाँक़ी १ सय ६४ मान ४ हज़ार ५ सय ४४ यन मृतक रोकामगरको २० महिनाको छोरीको लागि पढाई खर्च स्वरूप कोष बनाई जम्मा गरिदिने प्रस्ताव आएको आर्थिक संकलन समितिले जनाएको छ ।

तपाईको प्रतिक्रिया