Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
दसैं तिहार नै कात्तिकमा
काठमाडौं– नेपाली विक्रम संवतको नयाँ क्यालेन्डर सार्वजनिक हुनेक्रम सुरु भएको छ । पञ्चाङ्ग निर्णायक समितिले वि.स. २०६९ को चाडबाड टुंगो लगाएपछि क्यालेन्डर आउन सुरु गरेका हुन् ।
वि.स. २०६९ मा हिन्दूहरुको महत्त्वपूर्ण चाड दसैं र तिहार एउटै महिनामा परेको छ । अर्थात् कात्तिक ८ गते बडादशैंको टिका परेको छ भने कात्तिक ३० गते भाइटीका ।
अन्य चाडवाडहरुमा बैशाख ९ गते मातातीर्थ औंशी परेको छ । असार १६ मा तुलसी रोप्ने पर्व हरिशयनी एकादशी, १९ गते गुरु पूर्णिमा, साउन १८ गते जनैपूर्णिमा, साउन २५ गते कृष्णजन्माष्टमी, असोज १३ गते ईन्द्रजात्रा, असोज ३० गते घटस्थापना परेको छ ।
कात्तिक १३ गते कार्तिक स्नान, कात्तिक २८ गते गाइतिहार, मंसिर ४ गते छठ पर्व, पुस २ गते विवाह पञ्चमी, पुस १३ गते किराँतहरुको पर्व उधौंली, १५ गते तमु ल्होछार, माघ १३ गते स्वस्थानी व्रत सुरु, २९ गते सोनाम ल्होछार, फागुन २७ गते महाशिवरात्रि, २९ गते ग्लाल्बो ल्होछार, चैत १३ गते फागु पूर्णिमा र चैत २८ गते घोडेजात्रा परेको छ ।
तपाईको प्रतिक्रिया