Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024
काठमाडौं- एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाश दाहाल सहभागी टोली अन्ततः सगरमाथाको आरोहणका लागि प्रस्थान गर्ने भएको छ ।
राष्ट्रपति डा.रामवरण यादवले दाहाल पुत्र प्रकाश सहभागी सगरमाथा आरोहण टोलीलाई राष्ट्रिय झण्डा उपलब्ध गराएर शुभकामना दिएका छन् । राष्ट्रपतिको कार्यालय शीतल निवासमा आज भएको बिशेष कार्यक्रममा डा.यादवले टोली नेता तथा एमाओवादी केन्द्रीय सदस्य कृष्ण केसीलाई राष्ट्रिय झण्डा उपलब्ध गराएका हुन् ।
प्रकाश सहभागी टोली बुधबार त्रिभुवन बिमानस्थल हुँदै सोलुखुम्बु तर्फ प्रस्थान गर्दैछ । टोलीलाई बुधबार बिहान सात बजे एमाओवादी अध्यक्ष दाहालले बिदाई गर्ने छन् ।
सरकारले सगरमाथा आरोहणका लागि प्रकाश सहभागी टोलीलाई दुई करोड दिने निर्णय गरेपछि चौतर्फि बिरोध भएको थियो । बिरोधसँगै टोलीले सरकारी रकम नलिने घोषणा गरेको थियो । टोलीले रकम नलिने भनेपनि सरकारले रकम दिने निर्णय फिर्ता गरेको छ वा छैन भन्ने बारेमा समेत केही स्पष्ट पारेको छैन ।
साढे दुई करोड जनतासँग एक, एक रुपियाँ चन्दा संकलन गरेर सगरमाथा आरोहणको रकम संकलन गर्ने जनाएका प्रकाशले रकमको स्रोत भने खुलाएका छैनन् । चन्दा संकलनका लागि भन्दै प्रकाश दाहाल सहभागी आरोहण टोलीले एक दिन रत्नपार्कमा बसेर रकम संकलनको प्रयास गरेको थियो ।
रकम संकलन आवश्यक मात्रा कति छिटो संकलन भएको भन्ने बिषयमा सर्वसाधारणमा चासो बढेको पछि । यद्यपि आरोहण टोलीका संयोजक कृष्ण केसीले पनि रकम संकलनका बारेमा केही बताएका छैनन् । उनले भने, ‘शान्ति र संविधानका लागि सगरमाथा चढ्न लागेका हौ ।’
उनले धेरै जवाफ दिन आवश्यक ठानेनन् । छोटो सम्बादका क्रममा उनले भने, ‘म एउटा कार्यक्रममा छु पछि फोनगर्नु होला, बुधबारबाट हामीले आरोहण गर्दैछौं ।’
शान्ति र संविधानका लागि भन्दै सगरमाथा चढ्न लागेको प्रकाश सहभागी टोलीको सलामी दस्तुर समेत सरकारले मिनाह गरेको स्रोतको भनाई छ । सगरमाथा आरोहणका लागि ३ करोड आवश्यक पर्ने यस अघि प्रकाशले सार्वजनिक रुपमा बताई सकेका छन् ।
तपाईको प्रतिक्रिया