Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

1425803371_Pashupati-and-Kamal1

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबीचको एकता घोषणा आज हुने भएको छ ।
लामो समयदेखि हुने भन्दै आएको एकता आज हुन लागेको हो । घोषणा सभालाई ऐतिहासिक र भव्य बनाउन राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेता तथा कार्यकर्तालाई निर्देशन दिनुुभएको छ । पार्टीद्वारा आइतबार आयोजित कार्यक्रममा एकीकृत पार्टीलाई देशको अग्रणी राष्ट्रवादी प्रजातान्त्रिक शक्तिका रुपमा स्थापित गर्न भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यसैबीच पार्टीको केन्द्रीय कार्यसमितिको अन्तिम बैठकले समान विचार बोकेका राजनीतिक दलहरुसँग सहकार्य गर्ने नीतिअनुसार हुन लागेको एकतालाई स्वागत गरेको छ ।
पार्टीका प्रवक्ता राजाराम श्रेष्ठका अनुसार बैठकले राष्ट्रिय एकता, सार्वभौमसत्ता र प्रजातन्त्रको सवलीकरण एवम् सुदृढीकरणका साथै मुलुकको आर्थिक समृद्धिका लागि सशक्त रुपमा अग्रसर हुन आग्रह गरेको छ । घोषण सभा आज १ बजे प्रज्ञा भवनमा हुनेछ ।

तपाईको प्रतिक्रिया