Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं  – ब्यवस्थापिका संसदले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीमाथिको महाअभियोग सम्बन्धी प्रस्ताव आइतबार महाअभियोग सिफारिस उपसमितिमा पठाउने तयारी गरेको छ ।

संसदको अहिले बसिरहेको बैठकमा महाअभियोगमाथि धारणा राख्न नाम लेखाएका सांसदले धारणा राखेपछि प्रस्ताव समितिमा पठाउने बारेमा सभामुख ओनसरी घर्तीले विभिन्न दलका नेताहरुसँग छलफल गर्नुभएको छ ।

तर महाअभियोगबारे बोल्न नाम लेखाएका सांसदको नाम बढिरहेकाले आजै समितिमा पठाउने नपठाउने भन्ने टुंगो भने लागेको छैन । महाअभियोग प्रस्तावबारे बोल्न नाम लेखाएका मध्ये ३० जना सांसदले बोल्न बाँकी रहेको र अझै नाम लेखाउने क्रम चलिरहेको संसद सचिवालयले जनाएको छ । आइतबार बोल्ने क्रम नसकिए यो प्रक्रिया कम्तिमा एक हप्ता अरु लम्बिनेछ । सभामुख ओनसरी घर्ती आइतबारै रुस जादै हुनुहुन्छ भने उहाँ आउँदो शनिबार मात्र नेपाल फर्किनुहुनेछ ।

संसद बैठकमा अहिले संघीय सांसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी विधेयक २०७३ माथि छलफल चलिरहेको छ । र यो विधेयकलाई आजै पारित गर्ने तयारी पनि छ । यो विधेयकमाथिको छलफल सकिएपछि महाअभियोग प्रस्तावमाथि छलफल हुने छ ।

तपाईको प्रतिक्रिया