Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – भारतको कानपुरमा रेल दुर्घटना हुँदा ज्यान जोनको संख्या ९६ पुगेको छ । आइतबार बिहान पटना–इन्दौर एक्सप्रेस रेलको १४ वटा डिब्बा लिकबाट उछुट्टिएर भएको दुर्घटना दुई सय भन्दा धेरै यात्रु घाइते भएका छन् ।

इन्दौरबाट पटनाका लागि छुटेको रेल दुर्घटनामा परेको हो । कानपुर नजिकैको पुखरायां स्टेशनमा दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गुमाउने तथा घाइतेको संख्या बढ्न सक्ने कानपुर प्रहरीका अधिकारी दलजीत चौधरीले बताएका छन् । घाइतेलाई नजिकैका अस्पताल लगिएको छ । अहिले उद्धारको काम भइरहेको छ ।

दुर्घटनाका कारण त्यस क्षेत्रको रेलवे सेवा पनि प्रभावित भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गरेर दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । दुर्घटनाको कारण अहिलेसम्म थाहा नभएको र अनुसन्धान भइरहेको सरकारी अधिकारीले बताएका छन् ।

आवश्यक सबै सहयोगको व्यवस्था गरिएको रेलमन्त्री सुरेश प्रभुले बताउनुभयो । दुर्घटना बारे अनुसन्धान गर्न कमिटि बनाइने र दोषी विरुद्ध कडा कारवाही गरिने उहाँले बताउनुभयो । दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई साढे तीन लाख भारतीय रुपैयाँ दिने घोषणा भएको उहाँले जानकारी दिनुभयो ।

यस्तै गम्भीर घाइतेलाई ५० हजार तथा सामान्य घाइतेलाई २५ हजार दिइने उहाँले बताउनुभयो । यस्तै उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेश यादवले ज्यान गुमाएकाका परिवारलाई पाँच लाख तथा घाइतेलाई उपचारका लागि ५० हजारका दिने घोषणा गर्नुभएको छ । उद्धार तथा राहतको काम अहिले पनि जारी छ ।

तपाईको प्रतिक्रिया