Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौँ –  राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको भोलिदेखि पोखरामा हुने भनिएको केन्द्रीय कार्य समितिको पूर्ण बैठक स्थगित भएको छ ।

यही मङ्सिर ५ गतेदेखि ७ गतेसम्म बस्ने पार्टीको उक्त बैठक राष्ट्रिय प्रजातन्त्र पार्टीसँग हुन लागेको एकीकरणका लागि स्थगित भएको पार्टीका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।

यही मङ्सिर ६ गते प्रज्ञा भवनमा राप्रपा नेपाल र राप्रपाको एकीकरण भएको घोषणासभा गर्नु परेकाले आफ्नो पार्टीको केन्द्रीय कार्य समितिको पूर्ण बैठक तथा भ्रातृ सङ्गठनको महाधिवेशन स्थगित गरिएको पार्टीले जनाएको छ ।

प्रवक्ता श्रेष्ठका अनुसार आइतबार पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठक भने काठमाडौँस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ ।

त्यसैगरी, बैठक दुई पार्टीकाबीच हुन लागेको एकीकरणका बारेमा छलफल गरी एकीकरणको प्रयासका लागि विभिन्न क्षेत्र तथा स्थानबाट भएको सहयोगको मूल्याङ्कन गर्दै सैद्धान्तिकरुपमा उक्त सहमति पारित गर्नेछ ।

तपाईको प्रतिक्रिया